काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सर सचेतना कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।समृद्धि फाउण्डेसन नेपालसंगको सहकार्यमा अस्पतालले यही पुस १५ गते शुक्रवार अस्पताल परिसरमै ‘क्यान्सर उक्त शिविर आयोजना गरेको हो ।
फुजिमा ओयल कम्पनी लिमिटेडको सहयोगमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा महिला पत्रकारहरुले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने मेमोग्राफी र पाठेघरको क्यान्सर पत्ता लगाउने प्याप्प स्मेयर टेस्ट गर्न पाउने छन् ।
यो कार्यक्रम शुक्रवार बिहान ११ बजेदेखि अस्पतालको सभाहलमा प्रारम्भ हुनेछ। कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका चिकित्सकहरुले महिला सञ्चारकर्मी तथा पत्रकाहरुको स्वास्थ्य परीक्षण गर्नेछन्।
क्यान्सरबाट बच्न के गर्ने भन्नेबारे विज्ञ चिकित्सकहरुले प्रस्तुती समेत गर्ने अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठले बताए ।