काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५२ जनाको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा भने पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या शुन्य रहेको छ ।