काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सर सचेतना कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ। फुजीमा आयल कम्पनी लिमिटेडले नेपाल क्यान्सर अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ। समृद्धि फाउण्डेसन नेपालसगको सहकार्यमा आज पुस १५ गते शुक्रवार अस्पताल परिसरमै उक्त शिविर आयोजना गरेको हो।
उक्त कार्यक्रममा महिला पत्रकारहरुले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने मेमोग्राफी र पाठेघरको क्यान्सर पत्ता लगाउने प्याप्प स्मेयर टेस्टको सुविधा पाएका थिए ।
फुजिमा ओयलले विभिन्न समयमा यस्ता सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ। यस अघि विराटनगरको नर्सिङ होममा पनि यस्तो कार्यक्रम गरेको कम्पनीका बजार व्यवस्थापक नवीन बस्नेतले बताए।
कार्यक्रम शुक्रवार बिहान ११ बजेदेखि अस्पतालको सभाहलमा भएको हो । कार्यक्रममा नेपाल क्यान्सर हस्पिटलका डा. प्रफुल्ल शाक्य तथा अनु बजाचार्यले क्यान्सरबारे प्रस्तुती समेत गराएका थिए।
अस्पतालका निर्देशक डा.सुदीप श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले बेला बखतमा यस्ता कार्यक्रम गर्दै आइरहेको बताए।