काठमाडौं । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको छैटौं वार्षिक साधारण सभा तथा अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। सो अधिवेशनले डा शालिकराम धितालको अध्यक्षतामा ११ सदस्य रहने गरी केन्द्रिय समिति गठन गरेको छ ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहमा कम्तिमा स्नातक गरेका सदस्य हुन पाउने यस संघको २०७० मा गठन गरिएको भएको हो।
स्वास्थ्य प्रवर्धन तथा स्वास्थ्य शिक्षा समूहको सामूहिक प्रयासद्वारा नेपाल भरीका स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहको हक हितको संरक्षण सम्बर्धन गर्दै प्रत्येक नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुचको सुनिश्चितमा टेवा पुर्याउने यसको मुख्य उद्देश्य रहकोछ ।
यस संघले विश्व व्यापी रुमा स्वास्थ्य क्षेत्रमा देखा परेका चुनौतीहरुलाई स्वास्थ्य प्रवर्द्धनको दृषिटकोण र सिद्धान्तहरु मार्फत सम्वोधन गर्ने कुरामा विश्वास गर्दछ ।
स्वास्थ्य प्रवर्धन मानिसको उच्चतम स्वास्थ्य प्राप्त गर्न आम नागरिकलाई नै सक्षम बनाउने र उनीहरुको स्वास्थ्य उनीहरुको नियन्त्रणमा रहनु पर्छ भन्ने मान्यता राख्दछ। स्वास्थ्य प्रवर्धनको मुख्य आधार सन १९८६ को ओटावा चार्टरको घोषणापत्रमा आधारित छ ।