काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गरेको हो।
मिर्गौला रोग भएकाहरुका लागि निरन्तर उपचार गर्दै आइरहेको हस्पिटलले आवश्यक मापदण्ड पुरा गरी मिर्गौला प्रत्यारोपण अनुमतिका लागि आवेदन दिएको थियो ।
हालसम्म दुई जना बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हस्पिटलले जानकारी दिएको छ ।मिर्गौला फेल भई उपचार गराइरहेका ६६ र ५६ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ ।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अगामी दिनमा प्रत्यारोपण सेवालाई विस्तार गर्दै लैजाने बताए । ‘हामीले दुई वटा बिरामीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरेका छौं । अझै ५–६ वटा पाइप लाइनमा छन्,’ मिश्रले भने, ‘सरकारी अस्पताललमा मिर्गौला प्रत्यारोपणका लागि पालो कुर्नुे पर्ने बाध्यतालाई हामीले केही हदसम्म अब न्यून गर्छ।’
हपिस्टलका चिकित्सक डा. राकेश बर्मा र डा.आर के अग्रवालको नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ ।