काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९६० जनाको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा भने पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८ रहेको छ।