काठमाडौं । कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक जना युवक घाइते भएका छन्।
बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन्।
मुटुको धड्कन एक्कासी बढेको भन्दै सोमबार राति अस्पताल पुगेका उनले हामहाफलेका थिए। उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।