काठमाडौँ, २१ पुस । शुक्रबार देखि लतिलपुरको गोदावरीमा प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुने भएको छ ।
दन्त सामग्री वितरकहरुको संघले नेपाल डेण्टल एशोसिएसनको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नेपडेण्ट एक्स्पो तथा कन्फ्रेन्स हुन लागेको हो।
संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
सम्मेलन पुस २२ देखि २४ गतेसम्म गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सञ्चालन हुने बताइएको छ ।
दन्त सामग्री वितरकहरुको संघको एक्स्पो र नेपाल डेण्टल एशोसिएसनको कन्फ्रेन्स एकै पटक हुन लागेको हो।
एक्स्पोमा ७० बढी स्टल रहने र १ सय भन्दा बढी ब्राण्डका सामग्रीहरु राखिने दन्त सामग्री वितरकहरुको संघका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए।
संगसंगै हुने कन्फ्रेन्समा ५ विदेशी र १३ नेपाली विज्ञहरुले प्रस्तुति दिने बताइएको छ । एसोसिशनका केन्द्रीय सदस्य डा हरि वलीले नेपाल सहित, भारत, बंगलादेश, चीन लगायतका राष्ट्रबाट पनि विज्ञहरुको सहभागीता रहनेछ ।