काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका फुल्टेमा एक बालकको मृत्यु भएको हो । अरू १७ बालबालिकामा पनि दादुराको आशङ्का गरिएको छ।
ती मध्ये तीनजना एउटै घर परिवारका हुन्। एउटै परिवारका तीनसहित चारजनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालयको टोली पुगेर शङ्कास्पद दादुराका बिरामीहरूको खोजी गरिरहेको छ ।
नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार गरिसकेको छ ।गत शनिबार नेपालगन्ज उपमहानरपालिकोको वडा नम्बर–५,स्थित एउटै परिवारका ४ बालबालिकामा दादुरा भएको फेला पारेका थिए । नेपालगन्ज वडा नम्बर ५, ७, ८, १०, १५, २२ मा दादुराको बढी संक्रमण देखिएको छ।