काठमाडौं । जाडोका कारण अफगानिस्तानका बालबालिकामा निमोनियाको समस्या अत्यधिक देखिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार निमोनियाका बिरामी बालबालिकाले अस्पतालका शैय्या भरिएका छन्।
निमोनिया तथा अन्य स्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका हजारौँ बालबालिकालाई अस्पताल भर्ना गरिएको चिकित्सक एवम् स्वयंसेवकहरूले बताएका छन्। यति धेरै बालबालिका बिरामी हुनुमा जाडो र पोषण अभाव कारक रहेको चिकित्सकहरूको भनाइ छ।
संकट तथा सहायता एजेन्सीहरूले त्यहाँ थप अवस्था जटिल बन्न सक्ने बताएका छन्। गैरसरकारी संस्थामा काम गर्न महिलाहहरूलाई प्रतिबन्ध लगाइएका कारण पनि समयमै सहायता पु¥याउन नसकिने अवस्था रहेको बताइएको छ।
महिलाहरूलाई प्रतिबन्ध लगाउँदा महिला र बालबालिसम्म सहयोग पु¥याउन गैरसरकारी संस्थालाई असहज भएको हो।