काठमाडौं । त्रिवि शिक्षण अस्पतालले डाक्टरको माग गरेको छ । अस्पतालले करार सेवामा नियुक्तिका लागि १० जना हाउस अफिसर माग गरेको छ।
अस्पताल प्रशासनका अनुसार भर्खरै एमबीबीएसको अध्ययन सकाएर नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।