काठमाडौँ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेशमा मन्त्रालय उत्कृष्ट रहेको बताए ।
मन्त्री यादवले सो अवधिमा छवटा नीति तथा कानुन निर्माण गरिएको, ३ वटा अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरिएको र प्रादेशिकअस्पताल भद्रपुरलाई २ सय शय्यामा स्तरोन्नती गरिएको बताए।
यसैगरी नौवटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको, ९ जिल्ला अस्पतालमा शव गृहका लागि फ्रिज खरिद गरिएको, प्रदेश सरकार मातहत रहेका मदन भण्डारी अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र छवटा जिल्ला अस्पतालमा शव बाहन वितरण गरेकालयायतका महत्वपूर्ण कार्य गरिएको उनले जानकारी दिए ।
मन्त्री यादवले आयुर्वेद, कोभिड-१९ विरुद्धको खोप, डेङ्गु नियन्त्रणलगायत दर्जनौँ कार्यक्रम आफूले ल्याएको बताए।