काठमाडौं । एमाले संसदीय दलका नेता तथा पूर्व स्वास्थ्यमनत्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए।अधिकारीले आजै मुख्यमन्त्री पदको सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।