काठमाडौं । सरकारले ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई निशुल्क औषधि प्रदान गर्ने भएको छ। सरकारले आफ्नो न्यूनतम निती तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको हो सोमबार सार्वजनिक गरिएको उक्त निती तथा कार्यक्रममा सरकारले निरोगी नेपाल, स्वस्थ नागरिक भन्ने नारा समेटेको थियो।
ु६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने, प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने, स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउनेु न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।
निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि-सवै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याउने उल्लेख छ । सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण पुरा गर्ने पनि उल्लेख छ।