काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने बताएका छन् । मंगलबार प्रतिनिधी सभा बैठकमा दलहरुसँग विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।
'अस्पतालमा सामान्य शल्यक्रिया गर्न समेत चार महिनासम्म लाइन बस्नुपर्ने अवस्था किन आयो', प्रधानमन्त्री दाहालले भने, 'अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ।'
सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको पनि प्रभानमन्त्री दाहालले बताए।
दाहालले सबै बालबालिकलाई पूर्ण खोप शुनिश्चित गर्ने, अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने, आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने पनि बताएका छन्।