एजेन्सी । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य ७ जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन्। आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका थिए।
मारिबमा आन्तरिक विस्थापन शिविरहरूको व्यवस्थापनका लागि गठित यमनको कार्यकारी एकाइले सोबारे जानकारी दिएको हो।
हाल सयौँ यमनी बालबालिका जीर्ण पालमा बस्न बाध्य छन् भने कपडाको अभावका कारण निकै कष्टकर दैनिकी बिताइरहेका छन्।
मारिबको विस्थापन पालमा बस्ने पीडित परिवारहरूले उनीहरूलाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउन मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।
मारिबको नियन्त्रित प्रान्तमा युद्धग्रस्त यमनमा सबैभन्दा ठूलो विस्थापन शिविरहरू रहेका छन् जहाँ २२ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित रहेका छन्।
यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ। इरान समर्थित हुथी मिलिशियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए।
यहाँ युद्धले हजारौँको ज्यान लिएको छ भने ४० लाखभन्दा बढी विस्थापित भएका छन् भने देश भोकमरीको चपेटमा परेको छ।