काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
जसपाको मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यादवलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ। उनलाई स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत समर्थन रहेको छ ।