काठमाडौं । रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ।कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो। कटहरिया–१ भसेढवा ९० वर्षीय बुधबार चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।
त्यसैगरी चिसोले कठ्यांग्रिएर यमुनामाइ गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लालमहम्द मियाँ कवारीको पनि मृत्यु भएको छ। उनी सुतेकै ठाउँमा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्।
एक सातादेखि घाम नलाग्दा तराई-मधेशको जनजीवन कष्टकर बनेको छ। शीतलहर र चिसो हावा चल्दा मानिसहरु घर बाहिर निस्कन सकेका छैनन्।