काठमाडौं । फाईभ स्टार’ मेडिकल सेवा दिने उद्देश्यसहित काठमाडौंको गौशाला पिंङ्गलास्थानमा ‘क्लिनिक नेपाल’ संचालनमा आएको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार क्लिनिक नेपालको सेवा शुभारम्भ गरिएको हो ।
क्लिनिक नेपालबाट गुणस्तरीय मेडिकल सेवा दिने लक्ष्य राखिएको संस्थापक तथा मेडिकल डाइरेक्टर डा किरणजंग कुवँरले बताए । क्लिनिक नेपालबाट सुपरस्पेलिस्ट चिकित्सकिय सेवा, सर्व सुलभ मेडिकल प्याकेज र होम मेडिकल सेवा समेत प्रदान गरिने डा कुवँरले जानकारी दिए ।
क्लिनिक नेपालमा गर्भावस्था, भ्रूण स्वास्थ्य, क्यान्सर केयर, बाँझो पन, पत्थरी लगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने छ । घरमै पुगेर रगत लिने र अनलाइनबाट रिपोर्ट हेर्न सकिने सुविधा समेत रहेको कुँवरले बताए ।
नेपाल ल्याब हाउस अन्तर्गत क्लिनिक नेपाल संचालनमा आएको हो । नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्रा डा विदुर वस्तीले नेपाल सरकारबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त ल्याब गुणस्तरीय र विश्वसनीय रहेको बताए ।