बर्दिबास। यस बर्ष योग ध्यान आरोग्य संजाल तथा ओम समाज डेन्टल हस्पिटल बर्दिबास शाखाले संयुक्त रुपमा राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ ।
योग ध्यान आरोग्यका अध्यक्ष डा.सुभाष घिमिरेको अधक्ष्यतामा बसेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस बर्दिबासमा बिभिन्न कार्यक्रमहरू गरी मनाउने निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकार, स्थानीय पालिका तथा शैक्षिक सङ्घसंस्थाहरूलाई सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी योग दिवस मनाउन आग्रह पनि गरेको छ ।
यसैगरी आयोजक समितिले बर्दिबास बजारमा माघ १ गतेका दिन बर्दिबास सेवा समितिमा योग अभ्यास सहितको मूल कार्यक्रम समारोह आयोजना गर्ने निर्णय समेत गरेको डा.सुभाष घिमिरेले बताए ।