काठमाडौं । परिवार कल्याण महाशाखाको आयोजनामा ओमन हेल्थ कन्फरेन्स मार्च ९ र १० काठमाडौंमा हुने भएको छ । आज ललितपुरको कुपन्डोलमा एक कार्यक्रमका बीच ओमन हेल्थ कन्फरेन्स बेभसाइटको लन्च गरिएको हो।
महिला स्वास्थ्यको क्षेत्रमा यस सम्मेलनले उल्लेखनीय योगदान दिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका अध्यक्ष डा. सुनिल कुमार शर्माले बताए।
कार्यक्रममा परिवार कल्याण महाशाखाकी कविता अर्यालले नेपालमै पहिलो पटक हुन लागेको यस कार्यक्रम पूर्ण रुपमा सफल हुनेमा विश्वास व्यक्त गरिन्।
उक्त कार्यक्रम प्रमुख रुपमा आद्रा नेपाल र अन्य साझेदार सस्थाहरु आर्थिक तथा प्राविधिक सहयोगमा हुन लागेको हो । आद्रा नेपालले नेपालमा महिला स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ।
थप जानकारी का लागि वेवसाइड
https://whc2023.org/ हेर्न सकिन्छ ।