काठमाडौं । नेपाल क्यान्सर अस्पालद्वारा क्यान्सरको सीएमई कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनीको भैरहवामा हुने उक्त कार्यक्रममा नेपालका करिब ३ सय विशेषज्ञ डाक्टरहरुको सहभागी रहने नेपाल क्यान्सर अस्पताल जनाएको छ ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप र एशियन फर्मासिटिकल्स सहयोगी रहेको उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा बिजेसराज घिमिरे, डा कपेन्द्र शेखर अमात्य, डा अन्जु श्रेष्ठ, नविन काजी बज्राचार्य, डा अम्रित कोइराला, डा प्रभातचन्द्र ठाकुर लगायतले विशेष प्रस्तुती गर्नेछन् ।
नेपालमा क्यान्सर रोगको पहिचान तथा उपचारमा विभिन्न प्रकारका जनचेतना मुलुक कार्यक्रम गर्दै आएको यस अस्पतालले शुक्रबार भैरहवामा क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।