काठमाडौं । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले नि:शुल्क पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा प्रदान गरेको छ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा नेपाल क्यान्सर अस्पतालको सहकार्यमा ललितपुरको इमाडोलमा रहेको हेलो सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा कार्यरत कर्मचारीहरुको स्क्रिनिङ गरिएको हो ।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले समय समयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ।