काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय सुनाएका हुन्।
यस्तै डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाइने भएको छ।