काठमाडौं । गौशालास्थित नेशनल बाथरोग सेन्टरले साताव्यापी निःशुल्क वाथरोग परीक्षण सेवा शुरु गरेको छ ।
माघ ३ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने सो शिविरमा वाथरोगसँग सम्बन्धित सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिएको छ।अस्पतालद्वारा आयोजित एक कार्यक्रममा वरिष्ठ वाथरोग विशेषज्ञ डा.विनित वैद्यले वाथरोगले शरीरका महत्वपूर्ण अंगहरुलाई असर गर्ने भएकाले बेलैमा सचेत रहन आग्रह गरे।
सेन्टरले सन् २०१२ देखि बाथरोग जागरण अभियान शुरु गरेको स्मरण गराउँदै सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले सामाजिक उत्तरदायित्वअन्तर्गत एक वर्षमा २२५ जना विपन्न बाथरोगीहरुलाई उपचार सेवा दिन सफल भएको बताए ।
२५ हजार नगद राशीसहित प्रदान गरिएको सो सम्मानपत्रसहितको अवार्ड बद्रि—तीर्थ आर्थराइटिस समाजकी अध्यक्ष बद्री लक्ष्मी वैद्यले प्रा.राणालाई प्रदान गरे।
राणाले प्राप्त गरेको २५ हजार नगद जेष्ठ प्राध्यापकहरुको सहयोगका लागि अध्यक्ष विमल कुमार शर्मामार्फत नेपाल जेष्ठ प्राध्यापक समाजलाई हस्तान्तरण गरे ।