काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थअवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुमेरु अस्पताल पुगेका छन्।
जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उनी पुस ३० गते ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । उनको स्वास्थअवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्ड आज ( मंगलबार ) अस्पताल पुगेका हुन्।
रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनलाई गत शनिबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । पुनलाई सोही दिन सुमेरु अस्पताल भर्ना गरिएको थियो । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए।