काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकमको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्।‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले मंगलबार अवार्ड घाेषणा गर्दै डा रुइतलाई छनाेट गरिएकाे जनाएकाे छ ।
याे बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापित अवार्ड हाे । जसलाई हरेक दुई वर्षमा प्रदान गर्ने गरिन्छ । रूइतलाई प्रदान गरिने अवार्ड पाँचाैं संस्करण हाे ।
अवार्ड आगाम फेब्रुअरीमा प्रदान गरिने संस्थाले जनाएकाे छ । अवार्डसँगै डा रुइतले १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
डा रुइतले आफूले उक्त अवार्ड पाउन लागेको जानकारी पाएको बताए।गल्फ न्युजले अन्धाेपन न्यूनीकरणमा रूइतले पुर्याएकाे याेगदानकाे कदर गर्दै संस्थाले अवार्ड दिन लागिएकाे लेखेकाे छ । त्यसाे त अवार्डडका लागि १३९ व्यक्ति र संस्था मनाेनयन गरेकाे थियाे जसमा रूइत चयन भएका हुन् ।