काठमाडौं । पर्वतबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराएका गिरी जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुन् ।
पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायतकालको सुरुवातमा मोदी गाउँपालिकाअन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२–२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बनेका थिए ।