काठमाडौं । वीर अस्पतालमा क्याथ ल्याब सेवा सेवा सुरु भएको छ ।
वीर अस्पतालमा क्याथ ल्याब सेवा २० वर्षपछि सुरु भएको हो । सन् १९८५ मा क्याथ ल्याब सेवा सुरु भएपनि त्यसले निरन्तरता पाउन सकेन । क्याथ ल्याबको ईतिहास नेपालमा वीरबाटै सुरु भएको मानिन्छ। तत्कालीन समयमा सन् १९८५ मा राजा विरेन्द्रले क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।

अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले वीर अस्पताल १ सर ३३ वर्ष पुरानो रहेको र हाल ६८ आईसीयू कक्षबाट सेवा दिइरहेको बताए।उनके १५ शल्यक्रिया कक्ष रहेपनि जनशक्ति अभावका कारण सबै चलाउन नसकिएको उल्लेख गरे ।
‘लोक सेवाबाट ३ सय जनशक्ति थप गर्ने भनिए पनि अहिलेसम्म खुल्न संकेतकों छैन । सेवा विस्तार गरियो तर, विशिष्टिकृत जनशक्तिको कमि देखिएको छ । १ वटा सिटि, १ वटा एमआरआई छ । पालो पाउँन समस्या छ।’ उनले भने ।

डाक्टर समीर पौडेलले क्याथ ल्याब कार्डियोलोजी सेवामा उपयोग गरिने बताए।क्याथ ल्याब राम्रोसँग सुरु गर्न केही सामान थप गर्नु पर्ने भन्दै डा. पौडेलले सबै सामान थप गरेपछि अत्यन्तै सस्तोमा उत्कृष्ट सेवा दिने बताए ।

५० हजार तलब खुवाएर निजिमा हामी चिकित्सक समेत उपचार गर्न नसक्ने भन्दै क्याथ ल्याब सेवालाई गरिबमैत्री बनाउनु पर्ने उनको भनाइ छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बिरामीले ओपिडीमा कुर्न नपर्ने गरी शल्यक्रिया सेवा बढाउन आग्रह गरे ।