काठमाडौं । विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।
बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषित गरेका थिए ।
शिशुलाई चिकित्सकले मृत घोषित गरिदिएपछि उपचारका संलग्न चिकित्सकमाथि शिशुका आफन्तले हातपात गरेका थिए । मृत घोषणा गरेको शिशुले केही समयपछि हात खुट्टा चलाएपछि आफन्तले डा.यादवमाथि आक्रमण गर्दा उनको टाउकोमा चोट लागेको थियो ।