प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरिले अंगदान गर्ने घाेषणा गर्ने घोषणा गरेका छन् ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्रले आज आयाेजना गरेकाे एक हजार जनाकाे मृगाैला प्रत्याराेपण सफलताका साथ सम्पन्न भएकाे अबसरमा आयाेजित प्रत्याराेपितकाे बृहत् भेलामा प्रधानमन्त्रि दाहाल र स्वास्थ्य मन्त्रि गिरिले मृत्युपश्चात आफ्ना सबै अंग दान गर्ने घाेषणा गर्नु गरेका हुन ।
प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा. पुकार चन्द श्रेष्ठले दाता कार्ड( डाेनर कार्ड )हस्तान्तरण गरेका थियाे ।यस्तै स्वास्थ्य मन्त्रि गिरिलाई प्रधानमन्त्रि दाहालले दाता कार्ड हस्तान्तरण गरेका हुन ।