काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।
मन्त्री गिरीले आज अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार हेलिकोप्टरबाट ललितपुरको सुमेरु अस्पतालमा ल्याइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दकिशोर पुनलगायतले पुनसँग भेट गरिसकेका छन् ।
कलेजो प्रत्यारोपणका लागि परिवारमा र पार्टीमा पनि छलफल भइरहेको बताइएको छ । उनी लामो समयसम्म चीनमा उपचार गराएर फर्किएका थिए।