एजेन्सी । चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसले ज्यानै जाने अनेक रोग निम्त्याउँछ । धेरै मानिसलाई चुरोट पिउने कुलत हुन्छ।चाहेर पनि उनीहरू कुलत छुटाउन सक्दैनन्।
तपाईंमा पनि यो कुलत छ र छुटाउन खोज्दै हुनुहुन्छ भने डेली रूटिनमा केही योगासनहरू समावेश गर्नुस् । यहाँ बताइएका योगासन अपनाउँदा चुरोट पिउने बानी छुट्छ।
अनुलोम विलोम
नाकका दुवै प्वालबाट सास लिने र छोड्ने प्रक्रियालाई अनुलोम विलोम भनिन्छ । यसले दिमागलाई शान्त बनाउँछ।
कपालभाती
भरपूर सास लिएर बिस्तारै छोड्ने योगविधि नै कपालभाती हो । यो प्राणायामले इच्छाशक्ति बलियो बनाउँछ र शरीरमा रक्तसञ्चार दुरुस्त राख्छ।
सुखासन
धेरै मानिस तनावका कारण चुरोट पिउँछन् । सुखासनले तनाव हटाउँछ । शिर र गर्दनलाई सिधा राखेर अनि मेरुदण्डको हड्डीलाई सिधा राखेर बस्नुस् ।
शवासन
शरीरलाई खुकुलो छोडिदिएर सिधा पल्टिनुस् । यसका लागि एकाग्रता आवश्यक हुन्छ।