काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार हेलिकोप्टरबाट ललितपुरको सुमेरु अस्पतालमा ल्याइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दकिशोर पुन, स्वास्थ्यमन्त्री पदम गिरी राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायतले पुनसँग भेट गरिसकेका छन्।