काठमाडौं । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी २०२३ कार्यक्रमको उद्घाटन उप प्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले गरेका छन् ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहनेछन् । नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू प्रदर्शनी, सम्मेलन र साझेदारी हुने आयोजकले जनाएका छन् । प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापारका अवसरहरू बढाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको हो।
यो प्रदर्शनीेले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित विजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्नेछ । एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिने आयोजकले जनाएका छन् ।