काठमाडौं । आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ ।
आज दिउँसो पनि प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू-भागमा मौसम सफा रहनेछ।आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू-भागको मौसम सफा रहनेछ ।
सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।