काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गरिबीका कारण उपचार नपाउने अवस्थाको अन्त्य हुने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले सोमबार आयोजना गरेको गरिबीका कारण उपचार नपाउने अवस्थाको अन्त्य हुने बताएका हुन् । कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बिमा स्वास्थ्य क्षेत्रको एक प्रमुख समस्याको रुपमा देखा परेको बताए ।
बीमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए। बीमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरिसकेको पनि उनले बताए।
गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाइ छ।