मुगु । मंगलबार बिहानै देखि मुगु लगायत कर्णालीका उच्च हिमाली बस्तीमा क्षेत्रमा बाक्लो हिमपात भएको छ।
मुगुको उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको छ । उच्च क्षेत्रमा यो बर्ष पहिलो पटक हिमपात भएको छ। अहिले पनि हिमपात जारी छ।
हिमपातसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कस्टकर बन्दै गहेको छ। हिमपातका कारण आवतजावतमा समस्या हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ। बाक्लो हिमपातले रारा ताल आसपासमा करिब एक फिट हिउँ जमेको छायानाथ रारा नगरपालिका ९ का नविन रोकायाले बताए । मुगुको तापक्रम माइनस ६ डिग्री छ।