गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले “जस्को दाँत सबल उस्को जिबन सफल ”नारा का साथ ओखलढुंगा जन्तर खानी स्वास्थ चौकीमा २ दिने नि:शुल्क दन्त शिबिर सम्पन्न गरेको छ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा तिन सय पचास जनाको दन्त्य रोग विशेषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो । साथै सबै बिरामीहरुको आवश्यकता अनुसार औषधि पनि वितरण गरिएको थियो । शिबिरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाह सुझाव पनि दिइएको थियो ।
उक्त शिविरमा ओम समाज हस्पिटलका डा सुर्य नारायण पुन, डा रुपेश महतो, डा सिनेल देशार, डा सपना लिम्बु, डा सबिना भण्डारी,सहायक जुनु पण्डित लगाएतको टिमकोको सहभागीता थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन लगाएत सम्पूर्ण व्यवस्थापन नि:शुल्क गर्दै आईरहेको छ ।
जलदेवी समाजसेवी युबा क्लब जन्तर खानीले नि शुल्क शिबिर लगाएत पुरुष भलिवल प्रतियोगिता, १०कि मि जन्तरधाप म्याराथुन जस्ता कार्यक्रमहरुको आयोजना गरेको थियो ।
शिविरमा ओम समाज डेन्टल हस्पिटलले बिरामीलाई आजिबन सदस्य कार्ड बितरण गरेको थियो ।

