काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।
देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।
उनका अनुसार, ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउनेछन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुई दुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् । ती अस्पतालमा सङ्क्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।