बिहीबार साँझ काठमाडौंको माछापोखरीमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। माछापोखरीमा बा।२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसले ठक्कर दिएपछि चालक फरार भएकाले स्कुटरको नम्बर खुल्न सकेको छैन।दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा परेको स्कुटर चालक किन भागे खुलेको छैन। फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।