काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७८ औं महासभा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री दाहाल र डा. टेड्रोसबीच संयुक्त राष्ट्रसंघको साइडलाइनमा उनीहरू भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड सामाजिक सञ्जाल लेखेका छन् । भेटमा नेपाल र विश्व स्वास्थ्य संगठनबीचमा हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ।