काठमाडौँ । पोखरा महानगरपालिका–२९, पट्नेरीस्थित सोमबार दिउँसो कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ।
मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ।
दिउँसो करिब ४ बजे माछा मार्नका लागि तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो। पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरु माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे।
अहिले मृतकका शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको प्रहरीले जनाएको छ।