काठमाडौँ । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। निरन्तर वर्षाका कारण डेङ्गु सङ्क्रमणको जोखिम बढि रहेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगीबाट एकजनाको मृत्यु भएको जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
डेंगी सङ्क्रमण सबैभन्दा बढी बाग्मतीमा सात सय ४७ जनामा डेंगी पुष्टि भएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका छन् ।