सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । चिसो बढे सँगै जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षा सङ्गै मध्य रातीबाट सुरु भएको हिमपात का कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । आइतबार राती देखि आएको वर्षात पछिको हिमपातले उच्च हिमाली क्षेत्रका स्थानीय नागरिकको दैनिकी चिसोले प्रभावित भएको हो।
बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली अछामको रामारोशन, ठुलासैन पाँचुली, कमलबजार आसपासका क्षेत्रमा र बाजुरा लगायत हिमाली जिल्लाहरूमा हिमपातले जनजीवन कष्टकर बनेको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदे बाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।