नेपालगन्ज- नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारकाक्रममा मृत्युभएपछि स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।
कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबारराती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मीलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।
उनीहरुको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए ।
छौं ।’
कोभिड संक्रमित दाङका डिल्ली रावतको उपचारका क्रममा विहीबारराती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोफोड गरेका हुन् ।

चिकित्सक तथा नर्सहरु सुरक्षाको पूर्ण प्रत्याभूति र दोषीमाथि कारवाही गर्न माग गर्दै विरोधमा उत्रिएका छन् ।घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ ।