बाँके- कोरोना भाइरस सङ्क्रमणबाट पछिल्लो १२ घण्टामा बाँकेमा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार सङ्क्रमित बिरामीहरूको उपचार भइरहेको भेरी अस्पतालमा तीन जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीन जना गरी थप ६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी–७ बाँकेका ५० वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल–४ लमजुङका ३१ वर्षीय पुरुष रहेको फोकलपर्सन ओलीले बताए ।
त्यस्तै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ कैलालीका ४० वर्षीया महिलाको समेत सङ्क्रमणकै कारण मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जना र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।