काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन्। सोहि अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।
देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन्।