काठमाडौं- नेपालमा पनि पछिल्ला केहि दिनयता कोरोना संक्रमितदरमा कमी आएको छ । त्यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि केहि कम भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११४ जना सङ्क्रमितको मृत्यु भएकोमा मङ्गलबार ६८ जनाको मात्र मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ४५४ पुगेको छ ।
मङ्गलबार कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या छ हजार ८९८ जना रहेको छ । योसहित हालसम्म चार लाख ५४ हजार ३४४ जना निको भएका छन् ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ६६ हजार ५८७ पुगेको छ । मन्त्रालयका अनुसार अहिले एक लाख चार हजार ७८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।