काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३४ हजार १०५ जनामा संक्रमण भएको छ । यो संख्या बुधबारको तुलनामा १ हजारले बढी हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८४ लाख ४० हजार ९८८ पुगेको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।
आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा यो संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा २८ सय ९९ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ ।